President's Speech at NICCI's 31st AGM
नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)को ३१औं वार्षिक साधारण सभाका प्रमुख अतिथी अर्थमन्त्री रामेश्वर प्रसाद खनालज्यू,
विशेष अतिथी उद्योग मन्त्री अनिल कुमार सिन्हाज्यू,
विशिष्ट अतिथी डिसिएम डा.राकेश पाण्डेज्यू,
समारोहका विशिष्ट वक्ता युनिभर्सिटी अफ नेपालका चान्सलर तथा एसियाली विकास बैंकका पूर्व उपाध्यक्ष डा बिन्दुनाथ लोहनीज्यू
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष्य चन्द्र प्रसाद ढकालज्यू
नेपाल उद्योग परिसंघका अध्यक्ष्य विरेन्द्र राज पाण्डेज्यू
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालज्यू लगायत निजी क्षेत्रका प्रतिनीधिज्यूहरू
काठमाडौंस्थित भारतीय दुतावासका कमर्श सेक्रेटरी सुमन शेखरज्यू
संचारमाध्यम, महिला तथा सज्जनबृन्द,
नेपाल–भारत चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री (निक्की)को यस ३१औं वार्षिक साधारण सभामा निक्कीका करिब २०० सदस्यहरू, कार्यसमिति तथा कार्यसमितिको अध्यक्ष्यको रुपमा मेरो ब्यक्तिगत तहबाट पनि यहाँहरूलाई स्वागत गर्दछु ।द्धिराष्ट्रिय चेम्बरको रुपमा नेपाल–भारत चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री ९निक्की०को छुट्टै भूमिका रहेको कुरा यहाँहरूलाइ अवगत नै छ । किनकि भारत नेपालको छिमेकिमात्र नभएर ठूलो ब्यापार साझेदार तथा विदेशी लगानीको स्रोत पनि हो । नेपालको कूल वैदेशिक ब्यापारको करिब तीन चौथाई हिस्सा भारतसँग मात्र छ भने नेपालमा आएको कूल विदेशी लगानीमा एक तिहाइभन्दा बढि हिस्सा भारतबाटै आएको तथ्य नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा नै उल्लेख छ । यी तथ्यहरूले पनि निक्कीको महत्व, सान्दर्भिकता तथा आवश्यकताको बारेमा स्पष्ट पार्दछन् ।
त्यसैले विगत एक वर्षमा, यो कार्यसमितिको चुनावपछि निक्कीले द्धिपक्षीय आर्थिक ब्यापारिक सम्बन्धमा रचनात्मकरुपमा सहजीकरण गर्न नीतिगत पहलहरू, आफना सदस्यहरूका मानव स्रोत विकासका लागि तालिम कार्यक्रमहरू, नेपाल तथा भारतबीच ब्यापार बृद्धिमा रहेका समस्याका बारेमा नियमित छलफललगायत विविध विषयमा लगातार सकृय रहेको छ ।
आर्थिक कुटनीतिको माध्यमबाट नेपाल तथा भारतको परम्परागत सम्बन्धलाई ब्यापारिक तथा ब्यावसायिक सम्बन्धमा रुपान्तरण गर्न निक्की स्थापना गर्ने स्वप्नदृष्टा उद्यमी प्रभाकर शमशेर राणाको सम्मानमा यसै वर्षदेखि प्रभाकर शमशेर राणा मेमोरियल लेक्चर आयोजना गरेर निक्कीले उद्योग ब्यापार गर्ने र मुलुकलाई कर तिरेर सरकारलाई योगदान गर्ने उद्यमीहरुलाई सम्मान गर्ने परम्पराको थालनी गरेको छ ।
दुइ देशका चेम्बरको बीचमा सहकार्य गर्न निक्कीले भारतको फिक्की लगायत गोवा चेम्बर, एसोचेम युपी, युकेआदीसँग सहकार्यको लागि समझदारी पनि गरेको छ । यस बाहेक भारतका विभिन्न चेम्बरसँग सहकार्य जारी छ ।
चाहे दिल्लीस्थित भारतका लागि नेपालका राजदुतावाससँग होस् वा काठमाडौँस्थित भारतीय दुतावाससँग होस् निक्कीले नियमितरुपमा द्विपक्षीय व्यापार, लगानी र आर्थिक सहकार्यका विषयहरूमा समय समयमा छलफल गरिरहेको जानकारी पनि गराउँछु ।
साना उद्यमीलाई उनीहरुको ब्यवसायलाई कसरी निर्यातमुलक बनाउन सकिन्छ भन्ने अध्ययन होस् वा नेपालमा रहेका भारतीय लगानीका उद्योगमा लगानीको वातावरणका विषयमा होस्, निक्कीले अध्ययन अनुसन्धान गर्ने तथा ब्यापार सहजीकरण गर्ने विषयमा लगातार आफनो ध्यान केन्द्रित गरेको छ ।
यस वर्ष निक्कीले आफ्ना दुई अनुसन्धान प्रकासित गरिसकेको छ भने आगामी वर्ष यस्ता उपयोगी चारवटा अनुसन्धान प्रकासित गर्ने योजना पनि रहेको जानकारी गराउँछु । यसका साथै, हरेक वर्ष निक्कीले एफएओको सहकार्यमा गर्ने पोटेटो समिट निक्कीले अर्थतन्त्रको विविध क्षेत्रको विकासमा गरेको सहकार्यको एउटा उदाहरण हो ।
यस्तै निक्कीले आफ्ना सदस्यका मानव स्रोत विकासमा बेलायतको बर्मिघंम विश्व विद्यालयको सहकार्यमा नेतृत्वमा कृत्रिम बौद्धिकता सम्बन्धी प्रशिक्षण पनि आयोजना गरेको थियो ।
उद्योग र विश्वविद्यालयबीचको सहकार्य आजको आवश्यकता भएको कारण निक्कीले नेपालमा काठमाडौं विश्व विद्यालय, लुम्बिनी विश्व विद्यालय तथा युनिभर्सिटि अफ नेपालसँग रणनीतिक साझेदारीका लागि पहल गरेको छ भने इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी ९आइआइटी० रुड्कीसँग पनि संस्थागत सहकार्यको लागि सम्झौता गरिसकेको जानकारी गराउन चाहन्छु । यी अध्ययन संस्थाहरुसँगको रणनीतिक सहकार्यमार्फत विविध तालिम तथा अनुसन्धान आधारित कार्यक्रमहरु आगामी वर्ष अझ अघि बढ्ने छन् ।
यस्तै सकृयता तथा योगदानका कारण पनि नेपाल उद्योग वाणिज्य महासंघले निक्कीलाई उत्कृष्ट द्विपक्षीय चेम्बर अफ कमर्शको रूपमा सम्मान गरेको थियो । उक्त सम्मानका लागि नेपाल उद्योग वाणिज्य महासंघलाई पनि धन्यवाद दिन चाहन्छु ।
यसै सन्दर्भमा अर्थमन्त्री रामेश्वर खनालज्यूसँग निक्कीले “विदेशी लगानीकर्ता परिषद्” गठन गर्न सुझाव दिएकोमा मन्त्रीज्यूले नेपालमा विदेशी ९विशेषतः भारतीय० लगानीकर्तालाई सहज पहुँच र सहजीकरण गर्न यस्तो परिषद्को आवश्यकता रहेको जानकारी गराउनु भएको स्मरण गराउँछु ।
यसैगरि गृहमन्त्री ओमप्रकाश अर्यालसंग निक्कीको छलफलमा सिमापार अवैध व्यापार नियन्त्रण गर्ने विषयमा सकारात्मक छलफल भएको पनि जानकारी गराउँछु । यसबाट निक्कीले सरकारसँग नियमित सम्पर्कमा रहि सहकार्य गरिरहेको तथा भविष्यमा पनि सहकार्य गर्ने प्रतिबद्धता पनि जनाउँछौं ।
नेपाल–भारत चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री (निक्की) ले विगत एक वर्षमा व्यापार–लगानी प्रवद्र्धन, नीतिगत सिफारिस, निजीक्षेत्र तथा विश्वविद्यालयबीच समन्वय, विविध तालिम कार्यक्रमहरू, अन्तर्राष्ट्रिय साझेदारी समझौताहरू, र नेपाल भारतबीच द्विपक्षीय आर्थिक सम्बन्धलाई मजबुत पार्न यथासंभव प्रयत्न गरिरहेको स्मरण गराउन चाहन्छु ।
आगामी वर्ष भारतका विभिन्न सहरमा पर्यटनलगायत विभिन्न क्षेत्रमा रोड सो गर्ने, दिल्लीमा नेपाल–भारत साझेदारी सम्मेलन गर्ने, भारतीय लगानी सहजीकरणका लागि दिल्लीमा निक्कीको सम्पर्क कार्यालय खोल्ने लगायत विभिन्न कार्यक्रमहरु आगामी वर्षका लागि निक्कीले तय गरिसकेको जानकारी पनि गराउन चाहन्छु ।
यसका साथै निकट भविष्यमा निक्कीले एउटा टिभी सोमार्फत नेपाल तथा भारतमा द्धिपक्षीय लगानी प्रबद्र्धन तथा सहजीकरण गर्ने, नेपालको जलविद्युतमा भारतका ठुला घरानालाई लगानी गर्न प्रोत्साहित गर्ने लगायत युवाहरुलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न प्रोत्साहन गर्न निक्कीअन्तर्गत नेपाल इन्डिया इनोभेसन एण्ड एन्टरप्रेनियरसीप सेन्टर स्थापना गरि नेपाली युवालाई भविष्यमुखि बनाउन पहल पनि निक्कीले गर्न लागेको जानकारी दिन चाहन्छु ।
यसका साथै, सरकार, निजीक्षेत्र तथा विश्वविद्यालयबीचको संवादका लागि काठमाडौं विश्व विद्यालय, लुम्बिनी विश्व विद्यालय तथा युनिभर्सिटि अफ नेपाल, इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) रुड्की, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बरको सहकार्यमा आइजीए फोरमको आयोजना गर्ने योजना निक्कीको रहेको छ ।
कार्यक्रमको समयको पाबन्दीका कारण निक्कीले वितेको एक वर्षमा गरेका केहि प्रमुख कार्य तथा आगामी वर्ष गर्ने केहि प्रमुख कार्य मात्रै मैले यहाँहरु समक्ष राखे, सबै कार्यको विवरण राख्न संभव भएन ।
यसका साथै, नेपाली पत्रकारिता विशेषत आर्थिक पत्रकारिताको विकासको लागि यसै वर्षदेखि निक्की फेलोसीपको पनि ब्यवस्था गर्ने जानकारी पनि गराउँछु ।
सम्पूर्ण अतिथीज्यूहरु,
नेपाल भारत दुई देशबीचको आर्थिक साझेदारीलाई अझ सशक्त बनाउन तथा नेपालमा लगानी एवं औद्योगिक वातावरण बनाउन, साना उद्यमीदेखि बहुराष्टिय उद्यमीसम्म सबैको लागि उद्यमशीलता प्रबद्र्धन गर्ने वातावरण बनाउन तथा समाजमा उद्योग, उद्यमी तथा लगानीकर्ताप्रति सकारात्मक भावना बढाउन निजी क्षेत्र, विश्वविद्यालय तथा सरकारसँग सदैव सहकार्य गर्ने प्रतिबद्धतासहित एकपटक फेरि यहाँहरुलाई यस वार्षिक साधारण सभामा स्वागत गर्न चाहन्छु, धन्यवाद ।।।